मंगलबार, ४ कार्तिक २०८२

शिखर इन्स्योरेन्सद्वारा “शिखर स्वास्थ्य सुरक्षा” स्वास्थ्य बिमा योजना सुरु

समयपोष्ट २०८२ भदौ २ गते २१:३६

Advertisement

शिखर इन्स्योरेन्सले नयाँ स्वास्थ्य बिमा योजना “शिखर स्वास्थ्य सुरक्षा”को औपचारिक सुरुवात गरेको छ। सोमबार मेडिसिटि अस्पतालमा आयोजित एक विशेष कार्यक्रममार्फत यो योजनाको शुभारम्भ गरिएको हो।

यो स्वास्थ्य बिमा योजनाले व्यक्तिगत तथा परिवारका सम्पूर्ण सदस्यको बिमा गर्न सकिने सुविधा प्रदान गर्छ, जसमा अधिकतम २० लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा कभरेज उपलब्ध छ। नेपालको स्वास्थ्य बिमा क्षेत्रमा हाल सीमित रकमको बिमा सेवा मात्र उपलब्ध रहेको अवस्थामा, शिखर स्वास्थ्य सुरक्षाले २० लाखसम्मको कभरेज प्रदान गरेर बढ्दो स्वास्थ्य उपचार खर्चको लागि प्रभावकारी विकल्प बन्ने विश्वास कम्पनीले लिएको छ।

यस योजनाअन्तर्गत शिखर इन्स्योरेन्ससँग आवद्ध नेपालका प्रतिष्ठित अस्पतालहरूमा भर्ना भई उपचार गर्दा नगदरहित (क्यासलेस) स्वास्थ्य सेवा प्राप्त गर्न सकिनेछ। साथै, बिमाङ्क रकमको १० प्रतिशत (अधिकतम १ लाखसम्म) बाह्य उपचार (आउटपेशेन्ट) खर्चको पनि बिमा दाबी गर्न सकिन्छ। नगदरहित सेवामार्फत बिमितले अस्पतालमा बिल भुक्तानी गर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्, किनकि शिखर इन्स्योरेन्सले सिधै अस्पताललाई बिमा रकम भुक्तानी गर्नेछ।

शिखर स्वास्थ्य सुरक्षाले अस्पताल भर्ना अघिको ३० दिन र भर्नापछिको ६० दिनसम्मको प्री-हस्पिटलाइजेसन र पोष्ट-हस्पिटलाइजेसन खर्चको पनि बिमा कभरेज प्रदान गर्छ। साथै, १५० भन्दा बढी डे-केयर उपचारहरू र भर्खर जन्मेका नवजात शिशुको अस्पताल भर्ना उपचारको पनि बिमा सुविधा उपलब्ध छ।

Advertisement

यसका अतिरिक्त, बिमा अवधिमा दाबी नपरेको खण्डमा नो क्लेम बोनसको सुविधा पनि प्राप्त हुनेछ, जसले बिमितलाई दीर्घकालीन लाभ प्रदान गर्नेछ। यो बिमा सेवा नेपालमा बस्ने नेपाली नागरिकका साथै नेपालमा बसोबास गर्ने विदेशी नागरिकले पनि लिन सक्नेछन्।

शिखर इन्स्योरेन्सको यो नवीन स्वास्थ्य बिमा योजनाले बिमितहरूलाई झन्झटरहित, विश्वसनीय र व्यापक स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री