चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, पाँच लाख डलरसम्म सटही सुविधा
समयपोष्ट
२०८२ भदौ १ गते १४:४२
	

नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भुक्तानीको सीमा बढाएको छ। बैंकले एकीकृत परिपत्र २०८१ संशोधन गर्दै चाँदी आयातका लागि सटही सुविधालाई थप सहज बनाएको हो।
संशोधित परिपत्रअनुसार, अब चाँदी आयात गर्दा प्रति पटक ५ लाख अमेरिकी डलरसम्म सटही सुविधा उपलब्ध हुनेछ। यसअघि यो सीमा ३ लाख अमेरिकी डलर थियो।
राष्ट्र बैंकका अनुसार, चाँदी व्यवसाय गर्ने उद्योगहरूले चाँदीको गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रूपमा आफ्नै प्रयोजनका लागि चाँदी आयात गर्दा प्रति पटक ५ लाख अमेरिकी डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सटही सुविधा प्राप्त गर्न सक्नेछन्।
यस्तै, अन्य सुनचाँदी व्यवसायीहरूले चाँदी आयात गर्दा प्रति पटक १ लाख अमेरिकी डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा पाउनेछन्।
 




























 
	
प्रतिक्रिया