बुधबार, ५ कार्तिक २०८२

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले साधारण शेयर निष्काशन गर्ने, लक्ष्मी सन्राइज क्यापिटल प्रत्याभूतिकर्ता नियुक्त

समयपोष्ट २०८२ साउन २९ गते १९:४२

Advertisement

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले २२,५०,००० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको छ। उक्त शेयर प्रत्याभूति गर्न लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई प्रत्याभूतिकर्ता नियुक्त गरिएको छ। यस सम्बन्धी सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोकाले हस्ताक्षर गरेका छन्।

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २०८० जेठ ८ गतेदेखि लघु निर्जीवन बीमा सम्बन्धी व्यवसाय सञ्चालनको स्वीकृति प्राप्त गरी २०८० असार ३१ गतेदेखि लघु निर्जीवन बीमालेख जारी गर्दै आएको छ। न्यून आय भएका र सीमान्तकृत समुदायलाई बीमा सेवाको पहुँच प्रदान गर्ने उद्देश्यले स्थापित यो कम्पनीले आर्थिक जोखिम व्यवस्थापन र अप्रत्याशित घटनाविरुद्ध आर्थिक सुरक्षा प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

कम्पनीले विविध लघुबीमालेखहरू मार्फत आफ्नो लक्षित वर्गको आवश्यकता पूरा गर्न पहुँचयोग्य निर्जीवन बीमा विकल्पहरू उपलब्ध गराउँदै आएको छ। हाल प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सातवटै प्रदेशमा ३३ वटा कार्यालयहरू मार्फत लघु निर्जीवन बीमा सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री