बुधबार, ५ कार्तिक २०८२

त्रिवि क्रिकेट मैदान स्तरोन्नतिको कार्यप्रगति उपलब्ध गराउन संसदीय समितिको निर्देशन

समयपोष्ट २०८२ साउन २३ गते १२:३४

Advertisement

संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्याङ्कन समितिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान स्तरोन्नतिको कार्यप्रगति विवरण उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो।

समितिले गत साउन १२ गते क्रिकेट मैदानको स्थलगत अवलोकन गरेको थियो। त्यसयता भएको कार्यप्रगतिको विवरण उपलब्ध गराउन समिति सभापति ठाकुरप्रसाद गैरेले निर्देशन दिए। उनले भने, “त्रिवि क्रिकेट रङ्गशालाको कार्य प्रगति अनुगमनमा हामी गइसकेपछिको प्रगति विवरण के हो, त्यो उपलब्ध गराउन समितिले निर्देशन दिन्छ। समितिको तर्फबाट पत्राचार पनि गर्नेछौँ।”

हाल मैदानको स्तरोन्नति, प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम भइरहेको छ। समयमा काम सम्पन्न नभएपछि निर्माण कम्पनीलाई हर्जाना तिराएर काम अघि बढाइएको छ। प्यारापिट निर्माणका लागि बीकेओआई केसीडीसी बीजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीले गत फागुन १९ र २२ गते सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री