ट्रान्सजेन्डर महिलालाई अमेरिकाले खेलको लागि भिसा नदिने
समयपोष्ट
२०८२ साउन २० गते १३:२६
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिसा सम्बन्धी कानुनलाई थप कठोर बनाउने क्रममा खेलकुद भिसाका लागि नयाँ नियम लागू गर्ने निर्णय गरेका छन्। भिसा ओभरस्टे रोक्ने प्रयाससँगै यो कदम चालिएको हो।
नयाँ नियमअनुसार ट्रान्सजेन्डर महिलाहरूलाई महिला खेलकुदमा भाग लिन भिसा प्रदान गरिने छैन। अमेरिकी नागरिकता र आप्रवासन सेवाले जारी गरेको यो नियमले महिला खेलाडीहरूको सहभागिता सुनिश्चित गर्ने उद्देश्य राखेको प्रशासनले जनाएको छ। यो निर्णय राष्ट्रपति ट्रम्पको ‘पुरुषहरूलाई महिला खेलकुदबाट बाहिर राख’ भन्ने आदेशमा आधारित रहेको छ।
प्रतिक्रिया