बुधबार, २१ साउन २०८२

टण्डन र राजदूत पौडेलबीच भेट : नेपालका लागि विदेशी लगानी र पर्यटन प्रवर्द्धनमा छलफल

समयपोष्ट २०८२ साउन २० गते १९:०३


सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजनेस तथा डायस्पोरा समितिका सभापति, र नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र पोर्चुगलस्थित नेपाली राजदूत प्रकाशमणि पौडेलबीच विदेशी प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउन रणनीतिक छलफल भएको छ।

छलफलमा उत्पादनशील क्षेत्रहरूमा रेमिटान्स लगानीलाई प्रोत्साहन गर्न औपचारिक नेटवर्क स्थापना, प्रविधि हस्तान्तरण, र नेपाललाई साहसिक पर्यटन, सांस्कृतिक सम्पदा, तथा आध्यात्मिक रिट्रीटको शीर्ष गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने विषयमा गहन कुराकानी भएको थियो।

राजदूत पौडेलले पोर्चुगलमा रहेका नेपालीहरूका समस्याहरू समाधान गर्न आफू सक्रिय रहेको र नेपाली आप्रवासीहरूको कल्याण तथा अधिकार सुनिश्चित गर्न प्रयास भइरहेको बताए। उनले पोर्चुगलमा नेपाली उत्पादनहरूको प्रवर्द्धनका लागि प्रभावकारी योजना बनिरहेको जानकारी पनि दिए। साथै, पोर्चुगलस्थित नेपाली मिसन र नेपाल उद्योग वाणिज्य महासंघ (सीएनआई) बीचको संस्थागत सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा पनि छलफल भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री