बुधबार, २१ साउन २०८२

एनएमबि बैंकद्वारा प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

समयपोष्ट २०८२ साउन २० गते १८:५५


मनसुनको मौसम र यसमा देखिने अनिश्चितता तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै, एनएमबि बैंकले आफ्नो सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत एउटा १६ फिटको सेल्फ–बेलिङ राफ्ट, लाइफ ज्याकेटहरू, र अन्य विपद् उद्धार सामग्रीहरू नेपाल प्रहरीलाई २० श्रावण २०८२, मंगलबारका दिन काठमाडौंको रानीपोखरीस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा एक कार्यक्रमबीच हस्तान्तरण गरेको छ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत, गोविन्द घिमिरेले नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी अतिरिक्त महानिरीक्षक, टेकबहादुर तामाङलाई औपचारिक रूपमा ती उद्धार सामग्रीहरू हस्तान्तरण गर्नुभएको हो। उक्त कार्यक्रममा हस्तान्तरण गरिएका सामग्रीहरूमा रबर बोटसहित लाइफ ज्याकेटहरू र अन्य आपतकालीन उपयोगी उपकरणहरू समावेश छन्।

मनसुनको समयमा बाढी, डुबान तथा अन्य जलजन्य विपद् र आकस्मिक घटनाहरूको सम्भावना उच्च हुने भएकाले, यस किसिमको सहयोगले प्रहरीको कार्यक्षमतामा सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ।

एनएमबि बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण, तथा विपद् व्यवस्थापन जस्ता विभिन्न क्षेत्रहरूमा निरन्तर योगदान पुर्‍याउँदै आइरहेको छ। यस प्रकारको सहयोगले समुदायमा बैंकको प्रतिबद्धता झल्काउने विश्वास बैंकको छ।

एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरू, १८७ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री