मंगलबार, ११ वैशाख २०८१

जिका भाइरसबारे नेपालमा चिन्ता

समयपोष्ट २०७३ साउन २६ गते ७:३०

 काठमाडौं । विश्वभर आतंक मच्चाइरहेको जिका भाइरसबारे नेपालमा पनि यसको परिणामलाई लिएर सरोकारबाला चिन्तित बनेका छन् ।

Advertisement

यो भाइरस प्राणघातक नभएपनि यसले गर्भवती महिलालाई भने प्रत्यक्ष असर पु¥याउँदछ । एडिस नामक लामखुट्टेको टोकाइबाट सर्ने यो भाइरस गर्भवती महिलामा सरेमा गर्भवती महिलाले जन्माएको शिशूको टाउको जन्मजात सानो हुने, वच्चा सुस्त मनस्थीतिको हुने जस्तो समस्या देखिने गर्दछ ।

सन् १९४७ मा युगाण्डामा बाँदरमा भेटिएको यो भाइरस सन् १९५४ मा पहिलो पटक मानिसमा देखिएको हो । तर लामो समयसम्म यो भाइरस अन्य व्यक्तिमा नदेखिएपनि सन् २०१५ मा ब्राजीलमा फेरी एकपटक यो भाइरस देखियो जसपछी महामारीको रुपमा यो भाइरस फैलिएको छ । अहिलेसम्म २४ देशमा यो भाइरस फैलिसकेको छ । जिका भाइरस संक्रमणको दृष्टिले दक्षिण एसिया पनि जोखिमपूर्ण क्षेत्रमा नै पर्दछ ।

जिका भाइरस र यसलाई सार्ने लामखुटे नेपालमा पनि पाइने भएकाले नेपालपनि यसको संक्रमणवाट अछुतो रहन नसक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बाबुराम मरासिनी बताउँछन् । यो भाइरस लागेको व्यक्तिलाई ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, शरीरमा रातो विमिरा जस्ता दाग देखिने गर्दछ ।

सबैभन्दा ठूलो कुरा त यस रोगको उपचार नै नभएकाले अलिक बढी आत्तिनुपर्ने निर्देशक मरासिनी भन्छन् –‘यो रोग लागेमा न त यसको खोप छ न त औषधि नै ।’ यसकारण पनि रोग लाग्न नदिनु नै बुद्धिमानी हुने निर्देशक मरासिनीको तर्क छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री