शुक्रबार, १६ चैत २०८०

रोगीको आँसुः डाक्टरको रुमाल

समयपोष्ट २०७३ साउन २६ गते ७:२६

रोगीलाई जाँचिसकेपछि उसको अभिभावकलाई बोलाएर डाक्टरले भन्न थाल्छन् ‘तपाईको छोरालाई ¥युमाटिक मुटुरोग भएको छ । मुटुको एउटा भल्भ खराब छ । लामो समय सम्म औषधि खानुपर्छ ।’
छातिको एक्सरे, मुटुको भिडियो एक्सरे (इकोकार्डियोग्राफी ), ई.सी.जी., रगतको जाँच आदि गराउनुस्, यस कागजमा लेखिएको सुई लगाइदिनुस् र औषधि खुवाउनुस् । सबै परीक्षणहरु गराएर अर्को हप्ता रिपोर्ट देखाउन आउनुस् । रिपोर्ट हेरेर मुटुको अप्रेसन गर्नुपर्छ कि पर्दैन, भनौँला । यति भनिसकेपछि डाक्टरले अर्को बिरामी जाँच्न थाल्छ । राम बहादुर आफ्नो रोगी छोरो कृष्णेलाई समाएर कोठाबाट बाहिर निस्कन्छ । उसले केही पनि बुझ्दैन । ढोकाको पालेलाई डाक्टरले लेखिदिएको पुर्जीबारे सोध्छ । पालेले झर्कदै एक्सरे र अन्य परीक्षणहरु गर्ने ठाउँहरुको बाटो देखाइदिन्छ । आफ्नो खल्ती रित्याएर डाक्टरले लेखिदिएको परीक्षणहरु पूरा गर्छ । डाक्टरले रिपोर्टहरु हेरिसकेपछि लामो सास फेर्दै भन्छन्–‘तपाईको छोराको मुटुको माइट्रल भल्भ खराब भएको छ, जति सक्यो चाँडो अप्रेसन गरेर कृत्रिम भल्भ हाल्नुपर्छ, अन्यथा रोगीलाई औषधि मात्र खुवाएर ठीक हुँदैन । यो ठूलो अप्रेसन हो, नेपालमा हुँदैन, दिल्ली अथवा भेलोर जानुपर्छ । कम्तीमा ३ देखि ५ लाख रुपियाँ सम्म लाग्छ ।’ यत्रो पैसा त म जुटाउन सक्दिनँ, मेरो छोरालाई बचाइदिनुस् डाक्टर साहेब भनेर राम बहादुर रुन थाल्छ । डाक्टरले रामबहादुरको छोरालाई अप्रेसन गराइदिन पनि सक्दैन, औषधि दिएर निको पार्न पनि सक्दैन, बस सल्लाह मात्र दिन सक्छ जुन सल्लाह रामेले कार्यान्वयन गर्न सक्दैन । रामेको आँसुले भरिएको अनुहारलाई डाक्टरले एकटकले हेरी मात्र रहन्छन् कि कर्तव्यविमुढ भएर ।
यो कुनै उपन्यासको अंश होइन किन्तु डाक्टरी पेसामा हाम्रो जस्तो गरिब मुलुक र सीमित उपचार सुविधा भएको ठाउँमा दैनिकजसो घटिरहने एउटा सामान्य घटनाको झलक हो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री