६.०१ अंक बढ्यो नेप्से
नेप्से परिसूचक ६.०१ अंक बढेर २९७४.४६ विन्दुमा पुगेको छ।
आज सेन्सेटिभ इण्डेक्स ३.७५ अंक बढेको छ। फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६१ अंक बढेको छ।
३३३ स्टकको २ लाख १६ हजार ४५५ पटकको कारोबारमा १९ अर्ब १६ करोड ६ लाख रुपैयाँ बराबरको ४ करोड ९ लाख ५१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ४.५२ प्रतिशत बढेको छ। वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १ अर्ब ३ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन अरुण भ्याली हाइड्रोपावरको करिब साढे ४७ करोडको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको करिब ४५ करोडको शेयर किनबेच भएको छ।
तारागाउँ रिजेन्सी होटल, नारायणी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र थ्रिस्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने महालक्ष्मी विकास बैंकको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ।
प्रतिक्रिया