बिहीबार, ६ कार्तिक २०८२

३००० विन्दुमा नेप्से, २९ अर्ब ९५ करोडको शेयर कारोवार

समयपोष्ट २०८१ साउन ३१ गते १५:२०

Advertisement

आज नेप्से परिसुचक ४३.०५ अंकले बढेर ३०००.८१ विन्दुमा पुगेको छ।

आज सेन्सेटिभ इण्डेक्स १६.०१ अंक बढेको छ। फ्लोट इण्डेक्स ४.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.४४ अंक बढेको छ।

आज ३३४ स्टकको ३ लाख ११ हजार ५३६ पटकको कारोबारमा २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँ बराबरको ६ करोड ८९ लाख ८० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ५.६५ प्रतिशत बढेको छ। सो उपसमूहका सबै बैंकहरुको शेयरमूल्य उच्च दरमा बढेसँगै परिसूचक पनि उच्च दरमा बढेको हो। म्युचुअल फण्ड र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। विकास बैंक र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक ३.०५ प्रतिशत घटेको छ।

Advertisement

३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी ईनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। एनएमबि बैंक, ग्लोबल आइएमई बैंक र लिबर्टी इनर्जी कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ९१ करोड ३३ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। सानिमा माइ हाइड्रोपावरको ८३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने अपि पावरको ६५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री