आइतबार, ४ साउन २०८२

आज ८.१८ अंकले घट्यो नेप्से, साढे २१ अर्बको कारोबार

समयपोष्ट २०८१ साउन २९ गते १५:३१

लगातार बढेको सेयर बजार आज घटेको छ । मंगलबार नेप्से परिसूचक ८.१८ अंक घटेर २९२३.४६ विन्दुमा झरेको छ।

सेन्सेटिभ इण्डेक्स १.३२ अंक घटेको छ । फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५७ अंक घटेको छ।

३३२ स्टकको २ लाख ४१ हजार ६६५ पटकको कारोबारमा २१ अर्ब ५१ करोड ५० लाख रुपैयाँ बराबरको ५ करोड २७ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ । ८ उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक १.५७ प्रतिशत बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक २.२५ प्रतिशत घटेको छ। विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। मातृभूमि लघुवित्त, पिपुल्स पावर, दोल्ती पावर र गुडविल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। न्यादी हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर, विन्ध्यबासिनी हाइड्रोपावर र शुभम पावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक ९.९३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ८१ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। हिमालयन रि इन्स्योरेन्सको ६८ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको करिब साढे ४४ करोडको शेयर किबनेच भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री