आइतबार, २९ असार २०८२

वार्षिकोत्सवको अवसरमा आईएमई लाइफको वृक्षरोपण

समयपोष्ट २०८१ साउन २८ गते ८:५९

Advertisement

आईएमई लाइफ इन्स्योरेन्सले स्थापनाको अवसरमा वृक्षरोपण कार्यक्रम गरेको छ। इन्स्योरेन्सले छैठौँ वर्ष पुरा गरी सातौँमा प्रवेश गरेको अवसरमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको हो।

इन्स्योरेन्सले देशैभर विभिन्न कार्यक्रमहरु आयोजना गरी सप्ताहव्यापी रुपमा मनाउने भएको छ। सातौँ वार्षिकोत्सवको शुभ अवसरमा विभिन्न ७ वटा कार्यक्रमहरु आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ ।

जस अन्तर्गत २७ गते आईतबारदेखि १ गते शनिबारसम्म वृक्षरोपण कार्यक्रम, बीमा साक्षरता कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा सामग्री वितरण कार्यक्रम, विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण, सेनिटरी प्याड भेन्डि∙ मसिन हस्तान्तरण, प्रभातफेरी कार्यक्रम लगायतका कार्यक्रमहरु सम्पन्न गर्ने जनाएको छ ।

जस अन्तर्गत २७ गते आईतबार कम्पनीले गण्डकी प्रदेश, कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं. ३० स्थित ग्रीन पार्क, सुदूरपश्चिम प्रदेश, कञ्चनपुर जिल्ला, शुक्लाफाट न.पा. वडा नं. ०९ स्थित बृन्दाबन सामुदायिक बन, कर्णाली प्रदेश, सल्यान जिल्ला, शारदा न.पा. वडा नं. ०१ छाँपडाडा तथा लुम्बिनी प्रदेश, बाँके जिल्ला, कोहलपुर वडा नं. ०८ स्थित सितल छायासामुदायिक बनमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री