शनिबार, ५ जेठ २०८१

धादिङमा ४१ करोडभन्दा बढी विद्युत् महसुल उठाउन बाँकी

समयपोष्ट २०८० साउन ३२ गते ९:०५

Advertisement

धादिङमा विद्युत्को बक्यौता उच्च देखिएको छ । नेपाल विद्युत् प्राधिकरण धादिङ शाखाका अनुसार जिल्लामा रु ४१ करोड ३८ लाख ४५ हजार विद्युत् महसुल उठ्न बाँकी छ ।

प्राधिकरण धादिङ शाखाका प्रमुख माधव न्यौपानेका अनुसार धुनिबेँसी नगरपालिकामा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगले मात्र रु २७ करोड ५९ लाख ६४ हजार महसुल तिर्न बाँकी छ । महसुल नतिर्ने एक हजार सात सय ४८ जनाको विद्युत् लाइन काटिए पनि एक सय ७७ ग्राहकले अझैसम्म महसुल तिरेका छैनन । एक सय तीन जना उपभोक्तालाई प्राधिकरणले कालोसूचीमा राखेको छ ।

लाइन काटेपछि रु चार करोड २६ लाख ७४ हजार असुली गरेको शाखा प्रमुख न्यौपानेले जानकारी दिनुभयो । कालोसूचीमा परेका उपभोक्ताबाट रु ३७ लाख १२ हजार असुल गर्न बाँकी छ । धादिङ शाखाले गत आर्थिक वर्ष २०७९÷८० अमा एउटा ग्राहकको रकम उठाउन काठमाडाँै र भक्तपुरमा समेत उनीहरुको घरमा लाइन काटेको प्रमुख न्यौपानेको भनाइ छ ।

धादिङमा विद्युत् चोरीको घटना पनि गत वर्षको तुलनामा बढेका छन् । चुहावट रोक्न बन्द मिटर फेर्ने, तारले छोएका रुख काट्ने, नाङ्गो तारलाई कालो तारमा रुपान्तरण गर्ने तथा ट्रान्सफर्मर थप गरेर विद्युत् सञ्चालन गरे पनि चोरी नियन्त्रणमा आउन सकेको छैन । गत आवमा विद्युत् चोरी गर्ने दुई सय ९४ जनालाई कारबाही गरिएको थियो । उनीहरुबाट रु १४ लाख ८१ हजार जरिवाना असुल गरिएको उहाँले बताउनुभयो । अघिल्लो आवमा एक सय २३ जनालाई विद्युत् चोरीअन्तर्गत कारबाही गरिएको थियो । गत आवमा ११ करोड २२ लाख ९१ हजार छ सय नौ युनिट विद्युत् बिक्री गरी रु एक अर्ब दुई करोड रकम सङ्कलन भएको प्राधिकरणको धादिङ शाखाले जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री