सोमबार, ५ साउन २०८२

माछापुच्छ्रे बैंकले नेपाल मै पहिलो पटक मोबाईल बैंकिङ्गमा ल्यायो अफलाइन “ट्याप एण्ड पे” सेवा

समयपोष्ट २०८० साउन २६ गते १६:२३

माछापुच्छ्रे बैंकले नेपाली बैंकिङ्ग उद्योग क्षेत्रमा पहिलो पटक इ एम भि स्ट्याण्डर्डमा आधारित Tokenized प्रविधिको प्रयोग गरि मोबाईल बैंकिङ्ग एप्लिकेसनमा कन्ट्याक्टलेस अफलाइन “ट्याप एण्ड पे” सेवा सुरु गरेको छ ।

Tokenization लाई विश्वमा नै सबैभन्दा बढी सुरक्षित र भरपर्दो प्रविधिको रुपमा लिने गरिन्छ । जसमा ग्राहकहरुको खाता विवरणको सट्टा सिष्टम जेनेरेटेड कोडबाट कारोबार हुनेहुँदा ग्राहकको विवरण गोप्य र सुरक्षित रहन्छ ।

बैंकले उक्त सेवा सुरु गरेसंगै बैंकका ग्राहकले तोकिएका निश्चित मर्चेन्टहरुबाट पि ओ एस मार्फत कारोबार गर्दा बैंकको मोबाईल बैंकिङ्ग एप्लिकेसन MBL M-Smart प्रयोग गरि आफ्नो फोनको माध्यमबाट ट्याप गरी भुक्तानी गर्न सक्नेछन् ।

हाललाई यो सेवा NFC सपोर्ट गर्ने एण्डरोइड मोबाईलबाट प्रयोग गर्न सकिनेछ र सेवा प्रयोग गरेबापत ग्राहकलाई कुनै पनि शुल्क लाग्ने छैन ।

बैंकले साझेदारी र सहकार्य लाई आत्मासात गर्दै F1soft International Pvt. Ltd., Nepal Clearing House Limited (NCHL) र Citytech Pvt. Ltd संगको संयुक्त प्रयासमा उक्त सेवा विस्तार गरेको हो ।

बैंकले Tokenization लाई बिस्तारै अन्य प्रोडक्ट तथा र्सभिस हरुमा पनि प्रयोगमा ल्याउने जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री