आइतबार, ६ जेठ २०८१

अव मासिक रु १०० मानै डिशहोम हेर्न पाइने

समयपोष्ट २०८० साउन २४ गते १२:४२

Advertisement

डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरुको लागि सुलभ मुल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज सार्वजनिक गरेको छ ।

जसअन्र्तगत डिशहोमका नयाँ तथा पुरानो ग्राहकले मासिक मात्र रु १०० मा डिशहोमको टिभी हेर्न पाउने छन् । डिशहोम फाईवरनेटको नयाँ जडानमा डिशहोम टिभीको कनेक्सन गरि यो अफरको लाभ उठाउन सकिने डिशहोमले जनाएको छ ।

डिशहोमका अनुसार यो अफरको लाभ पहिले देखि डिशहोम टिभी मात्र प्रयोग गरि रहेका ग्राहकले फाईवर नेटको कनेक्सन लिनुपर्नेछ ।

कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेट संगै ६० भन्दा वढी एचडी च्यानल सहित २०० भन्दा माथि उच्च पिक्चर क्वलिटीको टिभी सुलभ मुल्यमा ग्राहकहरुले हेर्न सक्नेछन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री