आइतबार, ६ जेठ २०८१

ईसेवाका प्रमुख कार्यकारी अधिकृत कोइराला “बिजनेस एक्सिलेन्स सर्टिफिकेट” बाट सम्मानित

समयपोष्ट २०८० साउन २१ गते १६:०५

Advertisement

ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालालाई “वर्ल्ड कन्फेडेरेसन अफ बिजनेस”, ह्युस्टन, टेक्सस, अमेरिकाले प्रतिष्ठित “बिजनेस एक्सिलेन्स सर्टिफिकेट” बाट सम्मान गरिएको छ ।

रेमिट्यान्स उद्योगमा २० वर्षभन्दा बढी समर्पित सेवाका साथ कोइराला असल नेतृत्वको उत्कृष्ट नमुना पनि बनेका छन् । यसअघि उनी “म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल” (MAN) अवार्ड २०२२ मा “म्यानेजर अफ द इयर” बाट पनि सम्मानित भएका थिए।

“वर्ल्ड कन्फेडेरेसन अफ बिजनेस” ले विश्वभरका विभिन्न संस्थाहरूको व्यावसायिक उत्कृष्टतालाई द बिज अवार्ड, सबैभन्दा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय व्यापार पुरस्कार प्रदान गरेको थियो ।

वर्ल्ड कन्फेडेरेसन अफ बिजनेस को मिशन विश्वव्यापी रूपमा व्यापार विकासलाई प्रवर्द्धन, बृद्धिलाई सहजीकरण र अग्रणी कम्पनीहरू र उद्यमीहरूको सफलतालाई मान्यता दिई, उनिहरुले प्रदान गर्ने सेवाहरू लाई विश्वभर चिनाउने एक मध्यम हो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री