बिहीबार, १ साउन २०८२

कुमारी बैंकको खुद नाफा १ अर्ब ९५ करोड

समयपोष्ट २०८० साउन २१ गते ९:१८

Advertisement

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.१४ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७७.११ प्रतिशत बढेर ११ अर्ब १ करोड १३ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ६४.०६ प्रतिशत बढेर १३ अर्ब २ करोड ८२ लाख रुपैयाँ पुगेको छ। यद्यपि, बैंकको निष्क्रिय कर्जा उल्लेख्य बढेसँगै इम्पेरमेन्ट चार्जमा ५ अर्ब ७३ करोड ५८ लाख रुपैयाँ छुट्याउँदा बैंकको सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.११ प्रतिशतबाट बढेर ४.७७ प्रतिशत पुगेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८४ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

Advertisement

नाफासँगै बैंकको प्रतिशेयर सामान्य आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १० रुपैयाँ ७ पैसा घटेर ७ रुपैयाँ ४६ पैसामा झरेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २२.१२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ४७ पैसा रहेको छ।

२६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब ६१ करोड ३३ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ७८.७९ प्रतिशत बढेको छ भने कर्जा लगानी ७७.३५ प्रतिशत बढेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री