शनिबार, ८ वैशाख २०८१

जिओनी इलाफ एस ५.१ मोवाइल नेपाली बजारमा

समयपोष्ट २०७३ साउन २४ गते ७:३०

काठमाडौं । नेपालका लागि जिओनी मोवाइलको आधिकारिक विक्रेता टेलिटकले जिओनी इलाफ एस ५.१ मोवाइल नेपाली बजारमा ल्याउने भएको छ । कम्पनीले आगामी दश दिनपछि यो स्मार्टफोन कम्पनीका अधिकृत विक्रेतामार्फत उपलब्ध हुने जानकारी दिएको छ । झण्डै ३० हजार हाराहारी पर्ने इलाफ एस ५.१ मोवाइलले उपभोक्ताहरुलाई अधिकतम सेवा र सबै विशेषताले भरिपूर्ण हुने दावी कम्पनीले गरेको छ । संसारकै सबैभन्दा पातलो स्मार्टफोन निर्माण गर्ने कम्पनी भनेर चिनिने ‘जियोनी’ले फेरि त्यस्तै अर्को एकदमै पातलो ह्याण्डसेट उत्पादन गरेको कम्पनीले आइतवार जारी प्रेस विज्ञप्तिमा छ । कम्पनीले ४.८ इन्चको एमोलेड डिस्प्लेमा उपलब्ध हुने यो मोवाइलबाट उपभोक्ताले अत्यधिक चम्किलो रंगहरुको अनुभव गर्न सक्ने पनि कम्पनीले जानकारी दिएको छ । १.८ एम.एम. साँघुरो बेजलले उपभोक्ताहरुलाई ठूलो डिस्प्लेमा हेर्ने अवसर प्रदान गर्नेछ । यो मोवाइलमा आठ मेगापिक्सेलको रेयर क्यामरा र पाँच मेगापिक्सेलको फ्रन्ट क्यामरा जडान गरिएको छ । यसमा उपलब्ध रमाइला मोडहरु चलाएर उपभोक्ताहरुले छुट्टै खालको अनुभव बटुल्न सक्ने दावी कम्पनीले गरेको छ । उपभोक्तले मोवाइलबाट फोटो खिचिसकेपछि मेकअप, फोकस र लाइट टेष्ट गरेर आफ्नो फोटोहरुलाई थप सुन्दरता दिन सक्नेछन् । इलाइफ एस ५.१ ले आफ्नो उपभोक्ताहरुलाई अपडेटेट र स्टाइलमा रहन मात्र होइन सबैभन्दा राम्रो अनुभव बटुल्नको लागि पनि सुनिश्चित गर्ने दावी कम्पनीको छ । बिल्ट इन एप्सहरु जस्तै फेक कल, ओ.टि.जी. मोड, डि.टि.एस. मोड, फ्लिप अलार्म आदि स–साना कुराहरुले गर्द यो मोबाइल आफ्नै वर्गहरुमा उत्कृष्ट बनाएको छ । साथै, यसमा वेट ह्याण्ड मोड पनि उपलब्ध छ । यसमा ओक्टा कोर १.७ गिगाहर्ज प्रोसेसर, १ जि.बी. ¥याम र १६ जि.बी. इन्ट्रनल स्टोरेज, गोरिल्ला थर्ड जेन ग्लास जस्ता विशेषता छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री