यस्तो छ आजको मौसम पूर्वानुमान

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।

Advertisement

अहिले सुदुर पश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशहरूमा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य रही गण्डकी र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा तथा प्रदेश १ र बागमती प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेशका र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री