५० प्रतिशतले घट्यो स्मार्टफोनको आयात


साउनमा स्मार्टफोनको आयात ५० प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू वर्षको साउन महिनामा २ अर्ब २५ करोडले आयात घटेको हो । भन्सार विभागका अनुसार चालू वर्ष २०७९/८० को साउन महिनामा विदेशबाट २ अर्ब ५७ करोड ४३ लाख रुपैयाँको स्मार्टफोन आयात भएको छ । जुन, गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ८२ करोड ६७ लाख रुपैयाँको आयात भएको थियो ।

Advertisement

सरकारले ३०० डलरभन्दा महंगा स्मार्टफोन भित्र्याउन नपाउने गरी प्रतिबन्ध लगाएपछि आयात घटेको हो । चालू वर्षमा विदेशबाट १ लाख ७६ हजार थान मोबाइल आयात भएको छ । गत वर्षको यही अवधिमा ६ लाख ६७ हजारभन्दा बढी थान मोबाइल आयात भएको थियो ।

सरकारले खासगरी, विदेशी मुद्राको सञ्चिति घटेको भन्दै स्मार्टफोन, १५० सिसी माथिका मोटरसाइकल, कुरकुरे, कुरमुरे, विदेशी ब्रान्डका मदिरा लगायतका वस्तु आयातमा प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री