
नेपाल राष्ट्र बैंकले शुक्रबार २५ अर्बको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
त्यसको लागि बैंकले बिहीबार दिउँसो ३ बजे ट्रेजरी बिलको बोलकबोल गर्ने जनाएको छ ।
बैंकले २०७९ पुस मसान्तसम्म भुक्तानी मिति भएको नेपाल सरकारको ट्रेजरी बिल्स साँझै खरिद बोलकबोल गर्ने भएको हो ।
इच्छुक खरीदकर्ताले बिहीबार दिउँसो ३ बजेसम्म आवेदन लिन सक्नेछन् । प्रतिस्पर्धात्मक प्रणालीबाट कट अफ मूल्यमा बोलकबोल हुने ट्रेजरीका लागि खरिदकर्ताले न्यूनतम ५ करोडदेखि ५ करोडले भाग गर्दा निःशेष भाग जाने अंक सम्मका लागि माग गर्न सक्नेछन् ।









प्रतिक्रिया