गठबन्धनको बैठक : १६५ क्षेत्रकै विस्तृत प्रतिवेदन तयार पार्न कार्यदललाई निर्देशन

सत्तारुढ गठबन्धनले १६५ निर्वाचन क्षेत्रकै अवस्थाको अध्ययन गरी प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएको छ ।

Advertisement

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको सत्तारुढ गठबन्धनको बैठकले देशभरका निर्वाचन क्षेत्रको अवस्थाबारे अध्ययन गरी विस्तृत प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएको कार्यदलका सदस्य एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

‘आज फेरि कार्यदलमै जिम्मेवारी दिने शीर्षस्थ नेताबाट निर्देशन भएको छ,’ उनले भने, ‘कार्यदललाई १६५ नै निर्वाचन क्षेत्रको अवस्था कस्तो विस्तृत भनेर प्रतिवेदन पेस गर्ने जिम्मेवारी प्रदान भएको छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री