आइतबार, ६ जेठ २०८१

सामसुङ टिभी नेपालमै उत्पादन हुने, गोल्छा अर्गानाइजेसनको लगानीमा फ्याक्ट्री शिलान्यास

समयपोष्ट २०७९ भदौ ८ गते १३:०६

Advertisement

दक्षिण कोरियाली बहुराष्ट्रिय कम्पनी सामसुङ र नेपाली व्यापारिक समूह गोल्छा अर्गानाइजेसनको लगानीमा नवलपरासीको भूमेरोडमा टिभी उत्पादन गर्ने फ्याक्ट्री शिलान्यास गरिएको छ ।

फ्याक्ट्रीको बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडुले शिलान्यास गरेका हुन् ।

फ्याक्ट्री शिलान्यास गर्दै मन्त्री बडुले नेपालमा लगानीको वातावरण राम्रो हुँदै गएको बताए । विदेशी लगानी भित्र्याउन सरकारले नीतिगत र प्रशासनिक सुधारहरू गरेको भन्दै विदेशी लगानी लिएर आउन उनले लगानीकर्ताहरुलाई आग्रह गरे ।

अहिलेसम्म नेपालमा सामसुङ टिभी गोल्छा अर्गनाइजेसनले आयात गरेर बिक्री वितरण गरिरहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री