शनिबार, २२ वैशाख २०८१

चालु पूँजी कर्जामा कडाइ : दुई करोड ऋण पाउन १० करोडभन्दा बढीको कारोबार गर्नुपर्ने (मार्गदर्शनसहित)

समयपोष्ट २०७९ भदौ ८ गते १२:३५

Advertisement

नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ जारी गरेको छ ।

मंगलबार मार्गदर्शन जारी गर्दै राष्ट्र बैंकले दुई करोडसम्ममा एउटा र त्यो भन्दा बढी रहकमको कर्जामा फरक व्यवस्था गरेको छ। दुई करोडसम्मको कर्जाको हकमा वार्षिक कारोबारको २० प्रतिशत सीमा निर्धारण गरिएको छ । त्यसमा बैंकहरुले आफैँले विशेष प्रकृतिको विश्लेषण गरेर ४० प्रतिशतसम्म दिन सकिने व्यवस्था गरेको छ।

दुई करोडमाथिको हकमा राष्ट्र बैंकले वार्षिक कारोबारको २५ प्रतिशतसम्म मात्र दिन सकिने व्यवस्था गरेको छ। यस्तो ऋणको अवधि बढीमा एक वर्षको हुने छ।

चालु पुँजी प्रयोजनको आवधिक कर्जाको सीमा निर्धारण गर्दा कम्तिमा ५ वर्षको अनुमानित वित्तीय विवरण र कम्तिमा तीन वर्षको लेखापरीक्षण भएको विवरणको विश्लेषण कर्जा दिन सकिनेछ।

Advertisement

फर्म/संस्था /कम्पनी र बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने दुई करोडभन्दा कम वा २ करोड रुपैयाँको चालू पूँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबार बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालु पूँजी कर्जा सीमा कायम गर्नुपर्ने व्यवस्था पनि गरिएको छ । कुनै कम्पनीले २ करोड रुपैयाँ कर्जा पाउन १० करोडभन्दा बढीको कारोबार गर्नुपर्ने हुन्छ ।

उक्त मार्गदर्शन अनुसार फर्म,संस्था वा कम्पनीले क्यास क्रेडिट कर्जा, अल्पकालीन अवधिको कर्जा, आयात निर्यातसँग सम्बन्धित कर्जा, र चालू पुँजी प्रयोजनको आवधिक कर्जा लिन सक्नेछन् । वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र पूर्वाधार विकास बैंकले चालु पुँजी कर्जा प्रदान गर्न सक्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री