आइतबार, २३ वैशाख २०८१

बैंक अफ काठमाण्डूले पायो मेलम्ची खानेपानी आयोजनाको ग्यारेन्टी वापतको रकम

समयपोष्ट २०७९ भदौ ७ गते २२:१३

Advertisement

मेलम्ची खानेपानी आयोजनाका सन्दर्भमा फसेको पैसा बैंक अफ काठमाण्डू (बीओके) ले अन्ततः फिर्ता पाएको छ ।

मंगलबार चिनियाँ चाइना कन्स्ट्रक्सन बैंकले बीओकेलाई ६६ लाख २५ हजार १० अमेरिकी डलरसहित १४ लाख ११ हजार ४५३ युरो फिर्ता गरेको हो ।

मेलम्ची खानेपानी आयोजनाको काम प्रारम्भ गर्ने शिलशिलामा बैंकले आयोजना परिचालनको लागि आवश्यक रकम चाइना रेल्वे–१५ समुहलाई प्रदान गर्नेगरी बीओकेले चाइना कन्स्ट्रक्सन बैंकको काउन्टर ग्यारेन्टीमा एड्भान्स पेमेन्ट ग्यारेन्टी दिएको थियो । तर, आयोजनाको काम ठेकेदार कम्पनीले सम्झौता अनुरुप पुरा नगरी बीचमै छोडेपछि हिस्सेदार चाइना कन्स्ट्रक्सनले बैंकलाई ग्यारेन्टी बापतको रकम दिन मानेको थिएन ।

पछि यो केश अदालती मुद्दामा गएपछि बैंकले चिनियाँ अदालतमा नै मुद्दा दायर गरेको थियो । विभिन्न अदालत हुँदै चीनको हेनान पिपुल्स उच्च अदालतमा पुगेको सो मुद्दामा गत जुलाई २५ मा अन्तरिम आदेश जारी गर्दै अदालतले बीओकेको पक्षमा फैसला गरिदिएको थियो ।

Advertisement

सोही फैसला बमोजिम मंगलबार चाइना कन्स्ट्रक्सन बैंकले बीओकेलाई भुक्तानी पठाएको हो । सो बारे जानकारी दिँदै बैंकले मेलम्ची खानेपानी आयोजना बिकास समिति र ठेकेदार कम्पनी चाइना रेलवे समुह–१५ बिचको बिवादको कारण रोकिएको एड्भान्स पेमेन्ट ग्यारेन्टी वापतको ६,६२५,०१० अमेरिकी डलर र १,४११,४५३ युरो बैंक खातामा आएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री