आइतबार, २३ वैशाख २०८१

एनएमबी बैंकद्वारा ‘एक प्रदेश एक महिला’ ब्रान्च घोषणा

समयपोष्ट २०७९ भदौ ६ गते १९:०५

Advertisement

एनएमबी बैंकले एक प्रदेश एक महिला ब्रान्च घोषणा गरेको छ । बैंकले सोमबार राजधानीमा ‘एनएमबी ओमेन लिडरसिप’ अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै सातै प्रदेशमा कम्तिमा एउटा महिला ब्रान्चको घोषणा गरेको हो ।

यद्यपि, हाललाई कर्णाली प्रदेश बाहेक ६ वटा प्रदेशमा प्रति प्रदेश एक/एक महिला ब्रान्च घोषणा गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल केसीले बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा एक–एक वटा महिला ब्रान्च घोषणा गरे । यी ब्रान्चहरुमा ब्रान्च म्यानेजरदेखि सम्पूर्ण स्टाफ महिला मात्र हुनेछन् ।

घोषणा अनुसार बागमती प्रदेशकोे बल्खु ब्रान्चमा प्रफुल्ला मानन्धर ब्रान्च म्यानेजर रहेकी छन् भने प्रदेश नम्बर १ को ब्रान्च म्यानेजर टंकी सिनुवारी शाखामा शोभिता पन्त, मधेस प्रदेशको महोत्तरीमा शाखामा मालिका ठाकुर, गण्डकी प्रदेशको चौथो शाखामा खिमकुमारी गुरुङ, लुम्बिनी प्रदेशको भालवारीमा सिता भुसाल र सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा नन्दकुमारी भण्डारी ब्रान्च म्यानेजर रहेकी छन् । कर्णाली प्रदेशमा भने तीनवटा मात्र ब्रान्च रहेकोमा हाललाई महिला ब्रान्ड नतोकिएको बैंकले जनाएको छ ।

एनएमबि बैंकले प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको विशेष घोषणा तथा महिला शशक्तिकरणमा सक्रिय भएर कार्य गर्दै आएका महिला दिदी बहिनीहरुको अनुभव साटने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्यो । ‘महिलाहरुलाई थप शशक्त बनाई हरेक क्षेत्रमा अगाडी बढाउनु आजको आवश्यकता रहेको महसुस गर्दै बैंकद्वारा सञ्चालन गरेको यस कार्यक्रमले भविश्यमा थप टेवा पुर्‍याउने अपेक्षा राखेको छौं ।’ बैंकद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

Advertisement

कार्यक्रममा एनएमबि बैंकका महिला ग्राहक, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग परिसंघका महिला पदाधिकारीहरु, महिला उद्यमीहरु, विभिन्न बैंक तथा बित्तीय संस्थाका महिला प्रमुख कार्यकारी अधिकृतहरु आदीको उपस्थिति रहको थियो ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री