शनिबार, ५ जेठ २०८१

आइएमई पे र दराजको ‘दराज वालेट डे’ अफर सार्वजनिक

समयपोष्ट २०७९ भदौ ५ गते १९:४६

Advertisement

आइएमई पे र दराजबीच ‘दराज वालेट डे’ को निम्ति सम्झौता भएको छ ।

सम्झौता अनुसार हरेक बुधबार आइएमई पे मार्फत भुक्तानी गर्दा १०% छुटको रिडिम भउचर पाउने गरी व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

प्रयोगकर्ताहरुलाई हरेक बुधबार आइएमई पे एपको १०% छुट (रु. ३५० सम्मको) पाइने रिडिम भउचर दराजको होम पेजमा प्रदान गरिने जनाइएको छ ।

दराज नेपाल र आइएमई पेबीच फाल्गुन १३ गते आइएमई कम्प्लेक्समा भएको यो सम्झौताले पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाऊन प्रोत्साहन दिने दुवै कम्पनीले जनाएका छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री