आइतबार, २३ वैशाख २०८१

१२ अर्ब २३ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

समयपोष्ट २०७९ भदौ ५ गते १७:३६

Advertisement

नेपाल राष्ट्र बैंकले १२ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

बैंकले भदौ ७ गते २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कूल १२ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको हो ।

मंगलबार बिक्री हुने ट्रेजरी बिलको भदौ ६ गते सोमबार दिउँसो ३ बजे बोलकबोल हुने बैंकले जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्था बिल खरिदका लागि आवेदन दिन सक्नेछन् । बैंकका अनुसार २८ दिनका लागि २ अर्ब रुपैयाँ छुट्याइएको छ भने ९१ दिनका लागि १ अर्ब २३ करोड ३२ लाख रुपैयाँ, १८२ दिनका लागि ६ अर्ब रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रुपैयाँ छुट्याइएको छ ।

Advertisement

यसअघि साउन ३० गते बैंकले तीन किसिममा कूल १३ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो । तर, बजारमा बढ्दो ब्याजदरलाई नियन्त्रणमा राख्न भन्दै राष्ट्र बैंकले केही ट्रेजरीको नवीकरण गरेर बाँकी आफैले खरिद गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री