
सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको नागरिकतका विधेयक फेरि जस्ताको त्यस्तै भोलि नै पारित गर्ने तयारी गरेको छ ।
बिहीबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विधेयक पारित गर्नेगरि सम्भावित कार्यसूची प्रकाशित भएको छ।
गृहमन्त्री बालकृष्ण खाणको आग्रहमा विधेयक पारितको कार्यसूची प्रतिनिधि सभाले तय गरेको हो।
बिहीबार सरकारका तर्फबाट गृहमन्त्री खाणले सन्देशसहित फिर्ता भएको विधेयकमाथि विचार गरियोस् प्रस्ताव राख्नेछन्। गृहमन्त्रीको प्रस्तावपछि सदनमा पुनर्विचारका लागि पठाइएका विषयवस्तुमा छलफल हुनेछ।
छलफलपछि विधेयक पारितको कार्यसूची पनि बिहीबारका लागि नै तय भएको छ।











प्रतिक्रिया