आइतबार, २३ वैशाख २०८१

सन्राइज बैंकले ल्यायो तिज अफर

समयपोष्ट २०७९ भदौ १ गते १९:३३

Advertisement

सन्राइज बैंकले हिन्दु महिलाहरुको पर्व तिजको अवसरमा विशेष योजना ल्याएको छ ।

तिजको लागि महिलाहरुको किनमेल गर्नुपर्ने आवश्यकतालाई मध्य नजर गर्दैै बैंकले भाद्र १ गते देखि भाद्र १७ गतेसम्म सन्राइज नारी बचत खाता हुने सम्पूर्ण महिलाहरुलाई पहिलो कारोबारमा १५ प्रतिशत सम्म वा रु ५०० नबढ्ने गरी क्यासव्याक दिने व्यवस्था गरेको छ । साथै भाद्र महिनाभरी सम्पूर्ण नारी बचत खाता खोल्ने वा खाता भएका नारीहरुले पहिलो वर्षको लागि फ्रि डेबिट कार्ड,फ्रि मोबाइल बैंकिंग, फ्रि डि म्याट, फ्रि मेरो सेयर, फ्रि क्रेडिट कार्ड तथा गरगहना राख्नको लागि लकर सुविधा लिन सकिने जसमा ५० प्रतिशत छुटको व्यवस्था रहेको बैंकले जनाएको छ ।

सन्राइज बैंकले सन्राइज नारी बचत खातामा रु १०,००० सम्मको प्रसुती खर्च र रु ५ लाख सम्मको घातक रोग खर्च दिदै आएको छ । साथै स्वास्थ्य योजना अन्तर्गत रु १ लाख सम्मको स्वास्थ्य बीमा र रु ५ सम्मको दुर्घटना बीमा समेत दिदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री