बिहीबार, १३ वैशाख २०८१

काठमाडौंमा यसरी मनाईयो भारतको ७६ औं स्वतन्त्रता दिवसको उत्सव

समयपोष्ट २०७९ साउन ३० गते १२:२१

Advertisement

भारतीय राजदूतावास, काठमाडौंले भारतको ७६ औं स्वतन्त्रता दिवस मनाएको छ ।

आज विहान दूतावास परिसरमा आयोजित कार्यक्रममा दूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तवले झण्डोत्तोलन गरेसँगै कार्यक्रमको शुभारम्भ भएको थियो।

झण्डोत्तोलन लगत्तै उनले भारतका राष्ट्रपति द्रौपदी मुर्मूले स्वतन्त्रता दिवसको अवसरमा देशको नाममा गरेको सम्बोधन पढेर सुनाए । संबोधनमा भारतको स्वतन्त्रताको खातिर स्वतन्त्र सेनानीहरुले गरेको बलिदानको सम्झना गर्दै राष्ट्रपति मुर्मूले भारतले हासिल गरेको उपलब्धिहरुको चर्चा गरिन् । भारतका राष्ट्रवादी कवि कुवेम्पुलाई उदृत गर्दै उनले मातृभूमि र भारतीय नागरिकको उत्थानका लागि भारतका युवालाई पूर्ण रुपमा समर्पित भई अघि बढ्न आह्वान गरिन् ।

कार्यक्रममा दूतावासले भारतीय सशस्त्र बलका दिवंगत सैनिकका श्रीमती र निकटतम नातेदारहरुलाई नेरु २.६५ करोड प्रदान गरी सम्मान गर्यो ।

दूतावासले आजादीका अमृत महोत्सव हाजिरीजवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गर्यो । देश बाहिर रहेका भारतीय युवा र विदेशी नागरिकलाई भारतबारे जानकारी थाहा पाउन प्रेरित गर्ने उद्देश्यले भारत सरकार विदेश मन्तालयले सो हाजिरीजवाफको आयोजना गरेको थियो ।

कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक तथा विद्यार्थीले देशभक्ति गीत लगायतका प्रस्तुति प्रस्तुत गरेका थिए । कार्यक्रमको प्रत्यक्ष प्रशारण दूतावासको फेसबुक पेजमार्फत गरिएको थियो ।

भारत स्वतन्तताको ७५ वर्षको ऐतिहासिक उपलब्धिलाई सम्झना गर्न भारत सरकारले सन्‌ २०२१ मार्चमा अघि सारेको आजादीका अमृत महोत्सवकै एक हिस्साको रुपमा रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री