बिहीबार, १३ वैशाख २०८१

पुष्करलाई अर्थसचिव र दंगाललाई राजस्व सचिवको जिम्मेवारी

समयपोष्ट २०७९ साउन २६ गते २०:१५

Advertisement

सरकारले अर्थसचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई अर्थसचिव नियुक्तिको निर्णय गरेको हो ।

यसअघिको मन्त्रिपरिषदको बैठकले तत्कालिन अर्थ सचिवमा मधुकुमार मारासिनीलाई प्रधानमन्त्री कार्यलय तानेपछि रिक्त रहेको अर्थसचिवको भूमिका पुष्करलाई दिइएको हो।

गतवर्ष साउनमै राजस्व सचिव बनेका पुष्कार अहिले कार्यवाहक अर्थसचिवको भूमिकामा थिए। २०५३ सालमा निजामती सेवामा प्रवेश गरेका पुष्कर गत वर्ष नै सचिव भएका थिए।

उन्मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गरेको अनुभव छ। प्रमुख जिल्ला अधिकारी भएर काम गर्दा राजस्व चुहावट नियन्त्रणको अध्यक्ष भएर काम गरेर राजस्वका बारेमा जानकार छन्। पुष्कर श्रम तथा वैदेशिक रोजगार विभागको महानिर्देशक भएर काम गरेका छन्। उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत काम गरिसकेका छन्। यसअघि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अतिरिक्त सचिव पनि थिए।

यस्तै, सरकारले राजस्व सचिवको जिम्मेवारी रामेश्वर दंगाललाई दिइएको छ। उनी गत पुसमा सचिवमा बढुवा भएका थिए। यसअघि हाल अर्थ मन्त्रालयको राजस्व महाशाखा प्रमुख रहेका दंगला सहसचिवका रुपमा अख्तियार दुरुपयोग अनुसन्धानमा समेत थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री