शनिबार, १५ वैशाख २०८१

भुवन केसीको नियुक्ति बदरको माग गर्दै रिट

समयपोष्ट २०७९ साउन २६ गते १७:०३

Advertisement

सर्वाेच्च अदालतमा चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै रिट दर्ता भएको छ ।

विकास बोर्डको अध्यक्षका प्रत्यासीहरू नरेश पौडेल, अरुण प्रधानलगायतले केसीको नियुक्ति बदरको माग गर्दै बिहीबार दिउँसो ३ बजे सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् ।

रिटमाथि सोमबार पेसी तोकिएको छ ।

केसीको शैक्षिक योग्यतादेखि उमेरसम्म विवादास्पद देखिएको, उनीविरुद्ध यौन दुव्र्यवहारको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा सरकारले विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको भन्दै नियुक्ति प्रक्रिया बदर गर्न रिट निवेदनमा माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री