शनिबार, ८ वैशाख २०८१

गरिमा विकास बैंकले एक लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने

समयपोष्ट २०७९ साउन २६ गते ११:००

Advertisement

गरिमा विकास बैंकले एक लाख ९ हजार कित्ता संस्थापक सेयर लिलामी बढाबढ प्रक्रियाबाट बिक्री गर्ने भएको छ ।

इच्छुक संस्था वा व्यक्ति जो कोहीले उक्त बोलकबोलमा भाग लिन सक्नेछन्। विद्यमान संस्थापक सेयरधनी पनि बोलकबोलमा सहभागी भएर बोलपत्र आवेदन बुझाउन सक्नेछन्।

सेयरको न्युनतम मूल्य बैंकले १०० रुपैयाँ तोकेको छ। तोकिएको मूल्यभन्दा कम मूल्य राखेर आवेदन दिन पाइने छैन। यस्तै, न्युनतम एक हजार कित्ताका लागि बोलकबोल पेस गर्नु पर्नेछ। अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

बैंकले बिहीबारदेखि सिलबन्दी बोलकबोलका लागि आवेदन खुला गरेको हो। बोलकबोलमा भदौ ३१ गतेसम्म आवेदन पेस गर्नु पर्नेछ। बोलपत्र फाराम बैंकको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलबाट प्राप्त गर्न सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री