शनिबार, १५ वैशाख २०८१

खोला मिचेर प्लटिङ, बर्सेनि बाढीको बबन्डर

पत्रपत्रिका २०७९ साउन २६ गते ६:१९

Advertisement

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित मनोहरा फाँटमा अव्यवस्थित रूपमा गरिएको प्लटिङका कारण बर्सेनि बाढीले बबन्डर मच्चाउने गरेको छ। बर्खायाम सुरु भएपछि सामान्य डुबानमा परिरहेको मनोहरा फाँटसहित आसपासका बस्ती मङ्गलबार रातिदेखि भएको भीषण वर्षाका कारण जलमग्न भए।

मनोहरा मात्र होइन, काठमाडौँ उपत्यकाका मुख्य नदी र खोलाको नै अवस्था उही हो। कागेश्वरी मनोहरासँगै गोकर्णेश्वर नगरपालिकामा पनि डुबान र पहिरोको प्रताडनामा स्थानीयवासी परेका छन्। भौतिक संरचनासँगै स्थानीयवासीले लगाएको तरकारी र धान बालीमा पनि बाढीले क्षति पु-याएको छ।

कागेश्वरी मनोहराका नगरप्रमुख उपेन्द्र कार्कीका अनुसार वडा नं. १, २, ३ र ५ मा बाढीले क्षति पु-याएको छ। उहाँले मनोहरा खोलामा आएको बाढीका कारण पाँचवटा घरटहरा र तीनवटा साना उद्योग बगाएको बताउनुभयो। उहाँले भन्नुभयो, “फोहोरमैला व्यवस्थापन गर्ने पाँचवटा गाडी, प्रहरी चौकीको भौतिक संरचनामा क्षति पुगेको छ भने खोला आसपासका कैयौँ पर्खाल बाढीले बगाएको छ। अधिकांश संरचना खोला मिचेर बनाएकै कारण बगेका हुन्।” कागेश्वरी मनोहरामा बागमती नदीसँगै मनोहरा र महादेव खोलाले किनार क्षेत्र र फाँटमा बनाइएका बस्तीमा क्षति पु-याएको छ। मनोहराका स्थानीय रामजी खड्काले खोलाको बगरमा प्लटिङ गरेका कारण उपल्लो क्षेत्रमा खोला सोझिएको बताउनुभयो। उहाँले भन्नुभयो, “मनोहरा खोलाको फाँटमा बाली लगाइन्छ। अहिले पनि धेरै बासिन्दाले धान रोप्नुभएको छ तर १० वर्षयता भूमाफियाले धमाधम प्लटिङ गरेका कारण खोला फाँटभन्दा वरपरका बस्तीमा पुग्न थालेको हो।” आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री