शनिबार, ५ जेठ २०८१

चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट भुक्तानी गर्न सकिने

समयपोष्ट २०७९ साउन २३ गते १४:११

Advertisement

चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट भुक्तानी गर्न सकिने भएको छ ।

आइतबार नगरपालिकाले भुक्तानी सेवा प्रदायकहरुलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी सेवा शुभारम्भ गरेसँगै आइएमई पे एप मार्फत अथवा नगरपालिकाको वेब पोर्टलमा गएर घर बहाल कर, सम्पति कर र व्यवसायिक कर तिर्न भुक्तान गर्न सकिने भएको हो ।

विद्युतीय कर भुक्तानी सेवा सुरुवात कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले बिज्ञान प्रविधिको युगमा नगरपालिकाले शुरु गरेको विद्युतीय कर भुक्तानी सेवाले आम सेवाग्राही लाभान्वित हुने विश्वास लिए ।

झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री