शनिबार, ५ जेठ २०८१

खड्का र घर्तीले जिते नगद एक लाख

समयपोष्ट २०७९ साउन २३ गते १३:३९

Advertisement

एक वर्षको लागि डिश होम रिचार्ज गर्दा दुई जना भाग्यशाली ग्राहकहरुले नगद एक लाख रुपैयाँ जित्न सफल भएका छन् ।

माडि गा पा ४ घर्तीगाउँका तारकेबाङ सत्लिमारे माडि लघुजलबिद्धुका सचिव ज्ञान बहादुर खड्का र सदस्यद्वय बिजय कुमार घर्तीले एक लाख जितेका हुन् ।

नमुना स्याटलाईट प्रा लि डिलर अन्र्तरगत रहेको घर्ती गाउँ रोल्पाका चन्द्र एलेक्त्रोनिक्सका डिलर दाईहरु चन्द्र घर्ती कोमा एक वर्ष रिचार्ज गरेर पन्तले लक्की ड्रमा सहभागी हुने अवसर पाएका थिए ।

डिशहोमको तर्फवाट रिजनल सेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर सङ्गित बिष्टले उनीहरुलाई उपहार प्रदान गरेका थिए ।

Advertisement

कार्यक्रममा डिलर दाइ चन्द्र घर्ती,भबन सिह बुढा,ससिराम बुढाको उपस्थिति रहेको थियो ।

डिश होमले १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने योजना ल्याएको थियो । उक्त योजना अन्तर्गत डिशहोम डि।टि।एच।का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री