शुक्रबार, १४ वैशाख २०८१

कहिले हुँदैछ सयपत्री हाइड्रोको आइपिओ बाँडफाँट ?

समयपोष्ट २०७९ साउन २३ गते १३:१५

Advertisement

सयपत्री हाइड्रोपावर लिमिटेडले मंगलबार आइपिओ बाँडफाँट गर्ने भएको छ ।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले मंगलबार बिहान आइपिओ बाँडफाँट गरिने जनाएको छ ।

कम्पनीले साउन १३ गतेदेखि साउन १७ गतेसम्म आईपिओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्बसाधारणलाई ६ लाख कित्ता शेयर छुट्याएकोमा आयोजना प्रभावितले खरिद नगरेको १ लाख २१ हजार ६० कित्ता शेयर थपेर कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्काशन गरेको थियो ।

जस मध्ये ३६ हजार ५३ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो भने १४ लाख ४ सय २१ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको ६ लाख ७० हजार ५ सय ८६ कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री