बुधबार, १२ वैशाख २०८१

तत्काल ब्याजदर वृद्धि नगर्ने सहमति

समयपोष्ट २०७९ साउन २० गते ११:५५

Advertisement

नेपाल बैकर्स संघले तत्काल ब्याजदर वृद्धि नगर्ने भएको छ ।

शुक्रबार बिहान बसेको संघको बैठकले ब्याजदर वृद्धि नगर्ने निर्णय गरेको हो ।

बैठकले श्रावण महिनामा ब्याजदर यथावत राख्ने सहमति गरेको छ ।

बुधबार नयाँ नीतिगत दर लागू गर्दै राष्ट्र बैंकले ब्याजदर परिवर्तन गर्न सक्ने व्यवस्था गरेको थियो ।

अहिले साधारण मुद्दति निक्षेपको ब्याज दर ११.०३ प्रतिशत छ। यसको एक प्रतिशत कम संस्थागतलाई दिनु पर्ने नियम थियो। यसो हुँदा संस्थागतले १०.०३ प्रतिशत ब्याज पाउँदै आएका थिए।

बुधबारबाट राष्ट्र बैंकले २ प्रतिशत बिन्दु कम ब्याज दिनु पर्ने नीति लिएको छ। यसो हुँदा संस्थागतले ९.०३ प्रतिशत ब्याज पाउने छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री