बुधबार, १९ वैशाख २०८१

यस्तो आयो कृषि विकास बैंकको वित्तिय विवरण

समयपोष्ट २०७९ साउन १९ गते ९:१०

Advertisement

कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरण अनुसार बैंकको खुद नाफा २३.७४ प्रतिशतले घटेको छ । आर्थिक वर्ष ७७/७८ मा बैंकको खुद नाफा ३ अर्ब ५२ करोड रहेकोमा आर्थिक वर्ष ७८/७९ मा बैंकको नाफा घटेर २ अर्ब ६९ करोड कायम भएको छ ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ९० करोड रहेको छ । यस बैंकले गत वर्षको वितरणयोग्य मुनाफालाई समावेश गरेको छ ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.३० प्रतिशतले बढेर ७ अर्ब ७७ करोड पुगेको छ । बैंकको संचालन मुनाफा भने १८.१५ प्रतिशतले घटेर ४ अर्ब ११ करोड कायम भएको छ।

Advertisement

बैंकको निक्षेप २.२६ प्रतिशतले बढेर १ खर्ब ६६ अर्ब पुगेको छ भने कर्जा प्रवाह १८.५४ प्रतिशतले बढेर १ खर्ब ७८ अर्ब पुगेको छ । बैंकको खराब कर्जा १.८३ प्रतिशतबाट घटेर १.६८ प्रतिशत कायम भएको छ ।

१८ अर्ब ६२ करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा १५ अर्ब १२ करोड रहेको छ । बैंकको प्रति शेयर आम्दानी १७ रुपैयाँ ९३ पैसा रहेको छ भने प्रति शेयर नेट वर्थ २१२ रुपैयाँ २५ पैसा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री