मंगलबार, १८ वैशाख २०८१

बन्दीपुर केबुलकार सञ्चालनमा आएसंगै सर्वसाधारणलाई सेयर

समयपोष्ट २०७९ साउन १८ गते १३:१८

Advertisement

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको केबुलकार सञ्चालनमा आएसंगै कम्पनीले सर्वसाधारणको लागि आइपिओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आइपिओ निश्कासनको लागि कम्पनीले एसबिआई मर्चेन्टसँग सम्झौता गरेको छ ।

कम्पनीले शेयर निष्कासन गरी २० प्रतिशत सर्वसाधारण र १० प्रतिशत कम्पनी भित्रका कर्मचारीहरुलाई प्रदान गरिने बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । यसअघि बन्दीपुर केबुलकारमा एक हजार चार सय जनालाई शेयर वितरण गरेको शर्माले जानकारी दिनुभयो ।

उक्त परियोजनामा आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्शन लिमिटेड र टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेडको ६१, पञ्चासे केबुलकार एन्ड टुर्स लिमिटेडको २५ र बन्दीपुर गाउँपालिकालगायत स्थानीय लगानीकर्ताको १४ प्रतिशत शेयर रहेको शर्माले जानकारी दिनुभयो । बन्दीपुर केबलकार आगामी बैशाखबाट सञ्चालन गर्ने तयारीका साथ काम अघि बढाईएको शर्माले बताउँनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री