शुक्रबार, १४ वैशाख २०८१

डिस होमको सेवाहरु अब अनलाइनबाट रिचार्ज गर्न सकिने

समयपोष्ट २०७९ साउन १७ गते १५:२२

Advertisement

डिशहोमले प्रदान गर्ने सेवाहरु अव फायबरनेट, डीटीएच र पल्स डीटीएच कम्बो नेपालमा उपलव्ध अनलाइन सेवा मार्फत गर्न सकिने भएको छ ।

कम्पनीका अनुसार आइ एम इ पे, इ सेवा र प्रभु पे बाट फायबरनेट, डीटीएच पल्स डीटीएच कम्बो सजिलै अनलाइन रिचार्ज गर्न सकिने छ ।

रिचार्ज गर्ने क्रममा आफुले कुन सेवा लिनु भएको छ त्यसलाई राम्रो सँग बुझेर मात्र रिचार्ज गर्नु पर्ने हुन्छ । जस्तै, डिस हो डीटीएच मात्र प्रयोग गर्नेले इन्टर्नेट सेग्मेण्टमा गएर डिस होम फाइबर नेट मा क्लिक गरेर रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

त्यस्तै डिस हो फाइबर नेट मात्र चलाउनेले इन्टर्नेट सेग्मेण्टमा गएर डिस होम फाइबर नेटमा क्लिक गरेर रिचार्ज गर्न सक्नेछन् ।

त्यस्तै फाइबर नेट पल्स डि टि एच कम्बो प्याकेज लिनेले टिभी सेग्मेण्टमा गएर डिस होम कम्बो प्याकेजमा क्लिक गरेर आफ्नो कम्बो प्याकेज रिचार्ज गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री