शुक्रबार, २१ वैशाख २०८१

तेह्रथुम पावरको ८ लाख कित्ता साधारण शेयरमा आवेदन खुल्यो

समयपोष्ट २०७८ भदौ ९ गते १२:४७

Advertisement

तेह्रथुम पावर कम्पनी लिमिटेडले आईपीओ विक्री खुला गरेको छ ।

कम्पनीले भदौ ९ गतेदेखि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर विक्री खुला गरेको हो ।

कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित स्थानियको लागि ४ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गरिसकेको छ। हाल दोस्रो चरणमा बिक्रीमा ल्याएको आइपीओमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

कम्पनीले बिक्रीमा ल्यएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ७ लाख ४४ हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

Advertisement

कम्पनीले निष्काशन गेरको शेयरमा भदौ १३ गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरे भदौ २३ गतेसम्म म्याद थप हुने बिक्री एनआईविएल एस क्यापिटलले जनाएको छ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री