छोराहरु फिल्म क्षेत्रमा आएको हेर्न चाहन्न् करिना
समयपोष्ट
२०७८ भदौ ५ गते २०:०९
बलिउडकी चर्चित अभिनेत्री करीना कपुरले एक अन्तर्वाताको क्रममा दुई छोराहरुको बारेमा केही रोचक कुरा गरेकी छिन् ।
करीनाले आफु मुस्किलबाट पार लागेको जम्मा ६ महिना भएको सुनाउदै सानो छोरा बिलकुल आफु जस्तै भएको उल्लेख गरेकी छिन् । उनले तैमुर बाबा (सैफ अली) जस्तो भएको बताइन् ।
अन्तर्वाताको क्रममा करीनाले तैमुर धेरै रचनात्मक भएको जिकिर गर्दै उनको झुकाव कलातिर धेरै भएको बताइन् । तैमुर ड्रइग गर्नमा धेरै उत्सुक बालक भएको भन्दै प्रत्येक चीजको बारेमा जान्न कोशिश गर्ने उनको भनाई थियो । तैमुरको राशी मिन हो । करीनाले आफ्नो छोराहरुलाई सज्जन मानिस (जेन्टलम्यान) बनाउन चाहेको बताइन् ।
उनले छोराहरुले राम्रो गरेमा मात्र आफुले राम्रो काम गरेको महसुस हुने भन्दै दुवै छोरालाई फिल्मको स्टार बनाउन नचाहेको समेत स्पष्ट पारिन् ।
प्रतिक्रिया