मंगलबार, २५ वैशाख २०८१

इन्टरनेट सेवा प्रदायकले कुलमान गुहारे

समयपोष्ट २०७८ भदौ ४ गते १८:१६

Advertisement

काठमाडौं । नेपाल विद्यतु प्राधिकरणका कर्मचारीले इन्टरनेट वितरणसम्बन्धी उपकरण कब्जा गरेर फिर्ता नगरेपछि इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान)ले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई गुहारेको छ । संघले बिहीवार घिसिङलाई सम्बोधन गर्दै प्राधिकरणमा बुझाएको निवेदनमा चितवनको भरतपुर क्षेत्रबाट प्राधिकरणका कर्मचारीले संघ आवद्द सेवा प्रदायकका तार काटेर उपकरण कब्जा गरेको भन्दै फिर्ताको माग गरिएको छ ।

प्राधिकरणका पोल प्रयोग गर्दै आएका इन्टरनेट सेवा प्रदायक र प्राधिकरण बीच भाडा दरको विषयलाई लिएर विवाद हुँदै आएको छ । विवाद निरूपणका लागि मन्त्रालय, प्राधिकरणको केन्द्र र क्षेत्रमा समेत छलफल चलिरहेको बताउँदै एक्कासि भरतपुरमा अप्टिक फाइबर काट्ने र उपकरण कब्जा गर्ने प्राधिकरणका कर्मचारीले गैरकानुनी काम गरेको भन्दै संघले प्रेस विज्ञप्ति जारी गरि आक्रोश समेत व्यक्त गरेको छ । इन्टरनेट अवरुद्द भएपछि भरतपुर क्षेत्रमा अनलाइन शिक्षा, स्वास्थ्य, बैंकिङ सेवा लगायतका अत्यावश्यक सेवाहरू प्रभावित भएको संघले जनाएको छ ।

प्राधिकरणका कर्मचारीले दुरसञ्चार ऐन विपरीत कार्य गरेको भन्दै कानुन अनुसार कार्बाही गर्न समेत संघले माग गरेको छ । ‘अति आवश्यक सेवामा परेको इन्टरनेट सेवा अवरुद्द वा हानी नोक्सानी गरेमा वा त्यस्तो काम गर्न उद्योग गरेमा कसूरको मात्रा हेरी त्यस्तो व्यक्तिलाई हानी नोक्सानीको बिगो बमोजिम जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने’ कानुनी प्रावधानतर्फ संघले सचेत गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री