शुक्रबार, २१ वैशाख २०८१

बाजेबज्यैका कथा, नातिनातिनाका चित्र

समयपोष्ट २०७८ भदौ २ गते ११:०८

Advertisement

समाजमा बढिरहेको एकल परिवारको चलनले बाजेबज्यैसँग नातिनातिनाहरूको भेटघाट पातलिएको छ ।

अगेनो वा पिँढीमा बसेर अथवा सुत्नुअगाडि ओछ्यनमा राखेर बाजेबज्यैले कथा भन्ने अनि कथा सुन्दासुन्दै आँखा लोलाएर मिठो निद्रा लिने अवसर नातिनातिना कमै पाउन लागेका छन् । बाजेबज्यैसँग भएका त्यस्ता कथाहरू उनीहरूसँगै गुम्सिएर हराउँदै र समयचक्रसँगै मेटिँदै छन् । अर्कातिर आधुनिकताको मारमा हाम्रा अभौतिक सम्पदा र सम्पत्तिहरू लोभ हुँदै जाने खतरा बढिरेहेको छ । यसै परिप्रेक्षलाई ध्यानमा राखेर गोदावरी सामुदायिक पुस्तकालय स्रोत केन्द्र, गोदावरी, ललितपुरले ुबाजेबज्यैको कथा, मेरो चित्र कार्यक्रमु आयोजना गरेको छ । रिड नेपालको संयोजन तथा शान्ति भोलेन्टियर एसोसिएसनको सहयोगमा यस कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा १५ जनाभन्दा बढी बाजेबज्यै, २० जना कथा लेख्ने बालबालिका तथा २० जना चित्र लेख्ने बालबालिका सहभागी भएका थिए । यही साउन ११ गते र २६ गते गरी दुई दिन संचालन भएको उक्त कार्यक्रमको सहजीकरण बालसाहित्य सर्जक यशु श्रेष्ठ र कलाकार राजकुमार प्रजापतिले गर्नुभएको थियो । ललितपुर जिल्लाको गोदावरीस्थित गोदावरी सामुदायिक पुस्तकालयमा भएको उक्त कार्यक्रममा बाजेबज्यैले आफ्ना पालामा देखेसुनेका गोदावरी नगरपालिका र यसका आसपासका सांस्कृतिक, धार्मिक र ऐतिहासिक सम्पदाका बारेमा, परम्पारगत व्यवहार, ज्ञान, सिप, जात्रा र मेलाहरू, त्यस बेलाको गोदावरी अनि मानिसका व्यवहार, सामाजिक मूल्य र मान्यता, चलेका किंवदन्ती, पौराणिक, ऐतिहासिक, दन्त्यलागयतका लोककथाहरू वाचन गर्नुभएको थियो । यिनै कथाहरू सुन्दै बालबालिकाहरूले टिपोट गरेर पुनर्कथन गर्नुभएको थियो भने यसमै आधारित रहेर चित्रसमेत बनाउनुभएको थियो ।

Advertisement

ूआफूले जानेका कुराहरू नातिनातिनामाझ व्यक्त गर्न पाउँदाका अव्यक्त खुसी बाजेबज्यैका मुहारमा देख्न पाउँदा मनै सन्तुष्ट हुन्छ । अर्कातिर नातिनातिनाहरू बाजेबज्यैसँग नजिक हुन पाउनु हुन्छ । उहाँहरूमा सिप, कल्पनाशीलता र सिर्जनशीलताको विकास हुन्छ । आफ्ना अभौतिक सम्पत्ति संरक्षणमा योगदान दिन पाउँदा उहाँहरूमा देखिने खुसी र उल्लासले साह्रै उत्साहित बनाउँछ । यो हाम्रा लागि अत्यन्तै राम्रो कार्यक्रम हो ।ू रिड नेपालकी सिनियर फिल्ड कोअर्डिनेटर बिना गोले भन्नुहुन्छ, ूयसलाई हामी प्रकाशन गरेर बाजेबज्यै र बालबालिकाहरूमाझ पुर्‍याउँने छौँ ।ू
शान्ति भोलेन्टियर एसोसियसनका देशीय निर्देशक ताका भन्नुहुन्छ, ूकथा बालबालिकाका लागि प्रिय चिज हो । जापानमा हामी बालकथालाई साह्रै महत्त्व दिन्छौँ । यो मलाई नयाँ खालको कार्यक्रम लाग्यो । ठ्याक्कै यस्तै नभए पनि यस्तैयस्तै कार्यक्रम हामी जापानमा पनि गर्छौँ । यस्तो राम्रो कार्यक्रम देखेर मलाई धेरै खुसी लागेको छ ।ू
ूयस्ता कार्यक्रमले उहाँहरूलाई पुस्तकालय आउन हौसला जाग्ने छ ।ू पुस्तकालयका लाइब्रेरियन अर्चना अधिकारी भन्नुहुन्छ, ू यसले पठन संस्कार र संस्कृतिमा पनि विकास हुने छ । बालबालिकाको आचरणमा परिवर्तन ल्याउन मदत गर्ने छ । यस्ता कार्यक्रम त देशका प्रत्येक वडावडामा हुनुपर्छ ।ू पुस्तकालयका अध्यक्ष वशिष्ट अधिकारी भन्नुहुन्छ, ूआधुनिकताका नाममा हाम्रा असल परम्पराहरू थिचिँदै, मिचिँदै, हराउँदै गए । बाजेबज्यैसँग भएका अथाह अभौतिक सम्पत्तिहरू ुबुढा मरे कुरा सरेु भनेको जस्तै हुँदैछन् । यस्ता कार्यक्रमहरूले यस्ता चिजहरूको संरक्षण हुने छ भने हरेक वर्गलाई एक ढिक्का हुन पनि मदत गर्ने छ । पुस्तकालयको महत्त्व पनि बढ्ने छ । पुस्तकालय समुदायका लागि रहेछ र यसले समुदायलाई धेरै योगदान दिन सक्ने रहेछ भन्ने सन्देश पनि प्रवाह हुने छ । यसैले हामी असाध्यै उत्साहित पनि छौँ ।ू

यस दुई दिने कार्यक्रमपश्चात सहजकर्ताहरूले यी सबै कथाहरूलाई एक सुत्रमा बाँधेर, बालबालिका तथा बाजेबज्यैका सुझाव लिई, सम्पादन गरेर पुस्तकको आकार दिनेहुने छ । पुस्तकलाई रिड नेपालले प्रकाशन र वितरण गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री