सोमबार, ३ कार्तिक २०८२

शर्लिन चोपडाले सार्वजनिक गरिन् राज कुन्द्रासँगको पहिलो कन्टेन्ट सुट गर्दाको यस्तो तस्बिर

समयपोष्ट २०७८ साउन २८ गते ९:३४

Advertisement

 

शर्लिन चोपडाले शिल्पा सेठ्ठीका पति राज कुन्द्रासँग पहिलो कन्टेन्ट सुट गर्दाको तस्बिर सार्वजनिक गरेकी छन् ।

शर्लिनले राजसँगै एक जनाको तस्बिर पनि सेयर गरेकी छन् । उनले ट्विट गरेकी छन्, ‘सन् २०१९ मार्च २९ का दिन आम्स्प्राइमद्वारा आयोजित ‘द शर्लिन चोपडा’ एपको पहिलो कन्टेन्ट शुट हुन गरिरहेको थियो । मेरो लागि यो नयाँ अनुभव थियो किनकी पहिले कहिल्यै म कुनै पनि एपसँग जोडिएको थिइन । आशा र जोशको माहोल थियो ।’

दुई वर्ष पहिले शुटिङ भएको उक्त तस्बिरमा शर्लिनले बिकिनी टप र शट्र्स लगाएकी छन् । शर्लिन सामान्यतयाः ग्ल्यामरस, न्यूड र टपलेस फोटोहरु र भिडियोहरु बनाइरहन्छिन् । तर, उनले राज कुन्द्रासँग नाम जोडिएपछि उनको विरुद्ध बोल्न संकोच मानिनन् । अघिल्लो शुक्रबार मात्र अपराध शाखाले शर्लिन चोपडालाई पोनोग्राफी प्रकरणमा ८ घण्टासम्म सोधपुछ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री