शनिबार, १५ वैशाख २०८१

एकताको प्रमुख बाधक ओलीको अभिव्यक्ति र कार्यशैली रहेको नेपाल पक्षीय स्थायी कमिटीको ठहर

समयपोष्ट २०७८ साउन २१ गते १४:४६

Advertisement

नेकपा एमालेको माधवकुमार नेपाल पक्षको स्थाई कमिटी बैठकले एकताका लागि अन्तिम समयसम्म पहल गर्ने निर्णय गरेको छ ।

केन्द्रीय समिति बैठकअघि बसेको स्थायी समिति बैठकले एकताको प्रमुख बाधक अध्यक्ष केपी शर्मा ओली भएको भन्दै उनले आफ्नो अभिव्यक्ति र कार्यशैलीलाई सच्याउनुपर्ने ठहर समेत गरेको छ।

बैठकले समसामयिक राजनीतिक र पार्टी एकताबारे एजेण्डा तयार गरेको नेपाल पक्षीय स्थायी समिति सदस्य भीम आचार्यले जानकारी दिए । उनले यसबारे केन्द्रीय समितिमा घनिभूत छलफल हुने बताए । उनले आफूहरु पार्टी एकताको सन्दर्भमा गम्भीर र संवेदनशील रहेको स्पष्ट पार्दै केन्द्रीय समिति बैठकमा पनि ढंगले छलफल र निर्णय लिइने बताए । तर पार्टी अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिले एकताको माहोल बिथोलिएको निष्कर्ष आफूहरुको रहेको उनको भनाइ छ ।

‘हामी पार्टी एकताका लागि गम्भीर र संवेदनशील छौं । केन्द्रीय समिति बैठक पनि यही ढंगले अघि बढ्छ’, उनले भने, ‘केपी ओली एकताको पक्षमा उभिनुपर्दछ । पार्टी एकता हुने कुरामा समस्या छैन ।’ उनले कार्यदलस्तरमा भएको १० बुँदे सहमतिको जगमा टेकेर पार्टी एकता गर्न सकिने स्पष्ट गर्दै दुबै पक्षमा त्यसमा केही विमति भए छलफलबाट समाधान निकाल्न सकिने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री