शुक्रबार, १४ वैशाख २०८१

हनी सिंहकी पत्नीको आरोप : यौन सम्बन्ध राखिरहेको देखेपछि रक्सीको बोतलले हाने

समयपोष्ट २०७८ साउन २१ गते ९:५५

Advertisement

यापर हनी सिंहमाथि उनकी पत्नी शालिनी तलवारले घरेलू हिंसाको आरोप लगाउँदै मुद्दा दर्ता गराएकी छन् । जसमा उनले सिंहको कयौँ युवतीहरूसँग सम्बन्ध रहेको आरोप समेत लगाएकी छन् ।

उनका अनुसार ‘ब्राउन रङ्ग दे’ गीतको सुटिङका क्रममा उनले हनी सिंहलाई यौन क्रियाकलापमा लिप्त रहेको बेला रङ्गे हात समातेकी थिइन् । त्यतिबेला हनी सिंहले आफूमाथि रक्सीको बोतल फालेको उनको दाबी छ । आफ्नो याचिकामा उनले सासु भूपिन्दर कौर, ससुरा सरबजीत सिंह र भाउजु स्नेहा सिंहको नाम पनि उल्लेख गरेकी छन् । उनी आफ्नो पतिको घरको तर्फबाट भएको अत्याचारको विरुद्ध सुरक्षा आदेश र अन्य राहत माग गरेकी छन् ।
शालिनीका अनुसार हनी सिंहलाई करियरमा सफलता मिलेपछि उनी निकै आक्रामक र अशिष्ट बनेका थिए ।

शालिनीका अनुसार विवाहको तस्विर सामाजिक सञ्जालमा भाइरल भएपछि हनी सिंह निकै अत्तालिएका थिए । त्यसपछि फोटो लिक गरेको आरोप लगाउँदै हनी सिंहले आफूलाई पिटेको उनको आरोप छ । हनी सिंहले आफ्नो वैवाहिक जीवनको अस्तित्व लुकाउन चाहेको शालिनीको दाबी छ ।

शालिनीले घरेलु हिंसाको मामिला दर्ता गरेपछि दिल्ली कोर्टले हनी सिंहलाई २८ अगस्तसम्म जवाफ पठाउन भन्दै नोटिस जारी गरेको छ । त्यस्तै, शालिनीको पक्षमा अन्तरिम आदेश जारी गर्दै हनी सिंह र उनको संयुक्त स्वामित्व रहेको सम्पत्ति बेचबिखनमा रोक लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री